काठमाडौं : रूसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीको क्षतिपूर्ति लिन पीडित परिवार रूस पुगेका छन्। रूसी सेनामा भर्ना भएर मारिएका ६ जनाको परिवार क्षतिपूर्ति लिन बुधबार मस्को गएका हुन्।
सेनामा भर्ना भएर मारिएकाहरूका परिवारलाई शव पहिचान र क्षतिपूर्तिको दाबी गर्न रूस पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पत्राचार गर्दै ६ जना मृतकका परिवारलाई रूस जाने अनुमति दिन भनेको थियो।
रुस जानेमा झापाका २, सिन्धुपाल्चोक, खोटाङ, गोर्खा र रूपन्देहीका एक–एक जना छन्। युद्धमा सामेल भएर मारिएकाहरूको क्षतिपूर्ति नेपालमै उपलब्ध गराउने भनिए पनि त्यो नपाएपछि पीडित परिवारका सदस्यहरू रूस नै जान बाध्य भएका हुन्।
अवैध बाटोबाट रूस पुगेर त्यहाँको सेनामा भर्ना भएका ४८ जना नेपालीको ज्यान गइसकेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।