|

काठमाडौँ : फेयर एक्सप्रेस मासिक पत्रिकाको आयोजनामा फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०८१ सम्पन्न भएको छ। काठमाडौँमा सम्पन्न एक औपचारिक कार्यक्रमबीच विभिन्न ६ जना शैक्षिक व्यक्तित्वलाई सम्मानसहित विभिन्न ४० विधामा उत्कृष्ट शैक्षिक संस्था पुरस्कृत भएका छन्।

समारोहमा ‘नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ’ भन्ने घोषणासमेत गरिएको छ। प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बरबहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उक्त घोषणा गरेका हुन्।

कार्यक्रममा फेयर एक्सप्रेस मासिक पत्रिकाको आयोजनामा शिक्षा क्षेत्रका ६ जनालाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षासेवी इ. डा. मिथिलेशकुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।

समारोहमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ बाट ४० वटा विधामा पुरस्कार वितरण गरिएको छ। अवार्ड समारोहमा २० वटा विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन अध्यापन गराइरहेको विभिन्न शैक्षिक संस्था तथा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीलाई विभिन्न २० विधा गरी जम्मा ४० विधामा पुरस्कृत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.