काठमाडौं : निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यू गरेकी छिन्। उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ् र्याइँ र्याइँ... बिहीबार सार्वजनिक गरियो।
मोडल सुनिल क्षेत्रीले अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक बसन्त थापा र एलिना चौहानको स्वर छ। यो गीतको शब्द वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन्। अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय छ। नवराज उप्रेतीले छायाङ्कन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन तथा कलर गरेका हुन्।
अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेकाले यही गीतमार्फत् अभिनयमा आएको बताइन्।
हेर्नुहोस् भिडियो-
–
तपाईंको ईमेल गोप्य राखिनेछ ।