|

काठमाडौं : यही चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’को अफिसियल ट्रेलर सार्वजनिक तयारी भइरहेको छ। काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त साँझ’को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ।

चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडि आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिनेछन्। सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन अपिल गरेका छन्।

गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्।सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.