|

धनकुटा : नेपाली कांग्रेसका पूर्वमहामन्त्री अर्जुनसिंह केसीले गणतन्त्रले गर्नुपर्ने सुशासन कायम गर्न नसक्दा यसको विरोध भएको बताएका छन्। नेपाली कांग्रेश कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले अहिले भएको गणतन्त्रप्रतिको निराशाको समाधान कांग्रेसले मात्रै गर्नसक्ने बताएका हुन्।

उनले देशमा अफ्ठ्यारो परेको बेला कांग्रेसले संकट मोचनको काम गरेको र देशमा भएका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा भएकाले अहिलेको समस्याको समाधान कांग्रेसले गर्ने बताएका हुन्।

पूर्वमन्त्रीसमेत रहनु उनले कांग्रेसभित्र पात्र नभई प्रवृत्ति गलत रहेको बताउँदै सबै नेता कार्यकर्तामा प्रवृत्ति सुधार हुन आवश्यक रहेको बताए। केसीले कांग्रेसभित्र भएको यदुवंशी प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको बताए। उनले कांग्रेशको महाधिवेशनमा आफू पनि आकांक्षी रहेको बताउँदै बेला आएपछि सबै बताउने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मा, संविधानसभा सदस्य पुष्प भुसाल तथा पूर्वनेता रमेशजंग रायमाझीले प्रशिक्षण दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.