|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा विस्तार’लाई अभियानको रूपमा थालनी गरिएको जनाएको छ।

शुक्रवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरूमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थपिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनले नसर्ने रोगहरूको पहिचानका लागि मन्त्रालयले शुरु गरेको एकमहिने अभियान सम्पन्न भएको जानकारी दिए। वीर अस्पतालमा चैत दोस्रो सातादेखि काठमाडौँ महानगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिने जानकारी दिए।

बुढाथोकीले भने, ‘चैत महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रूपमा थालनी गरिएको छ। सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा सुविधा थपिने जानकारी गराउँछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.