|
सांकेतिक तस्विर

काठमाडौं : कोशी र मधेश प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि यी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदलीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौ उपत्यकाका केही स्थानमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। गएराति पनि काठमाडौं उपत्यकाका केही स्थानसहित देशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबारदेखि पश्चिमबाट मौसम क्रमशः सुधार हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.