काठमाडौं : विश्वभर विविध कार्यक्रम गर्दै शनिबार विश्व पानी दिवस मनाइँदैछ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, संवर्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ।
काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यकावासीले ट्यांकर र जारको भर पर्नुपरेको छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।