काठमाडौं : हार्दिक आइभिएफ सेन्टरले इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई) सेवा नि:शुल्क रुपमा दिन थालेको छ। आइतबारदेखि निःशुल्क आई.यु.आई. सेवा सुरु गरेको हो। यो सुविधा अर्को वर्षको वैशाख महिनासम्म चल्ने भएको छ।
प्राकृतिक रूपमा गर्भाधान हुन नसकेर बाँझोपनको समस्या भोगी रहेका दम्पतीहरूको लागि आई.यु.आई. प्रभावकारी उपचार प्रद्धति मानिन्छ। चिकित्सकीय विधिमार्फत तयार पारिएका पुरुषको शुक्रकिटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहने चिकित्सकहरू बताउँछन्।
पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार सेवा उत्तम हुने चिकित्सकहरूले बताउँदै आएका छन्। आई.यु.आई. माध्यमबाट गर्भाधान गर्दा यसको सफलता दर २० देखि २५ प्रतिशत सम्म रहेको चिकित्सकहरुले बताउने गरेका छन्।
यो सेवाको लागि औसत १५ देखी २० हजार सम्म लाग्ने बताइन्छ। यही सेवा उक्त सेन्टरले अबको डेढ महिना नि:शुल्क दिने भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।