काठमाडौं : महालक्ष्मी विकास बैँकद्वारा डिजिटल बैंकिङको प्रवर्द्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४” को विजेताहरू घोषणा गरेको छ।
नेपालीहरूको महान चाड दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरूबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो।
विजेताहरू क्रमशः: नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन्। यसअन्तर्गत विजेताहरूले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।
नेपालभरबाट उक्त अभियानमा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस किसिमको अभियान बाट ग्राहकहरूको नवीनतम् भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहनालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।