|

काठमाडौँ : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा ढलानमा चितवनबाट काठमाडौँ आउँदै गरेको हाएस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकी अन्दाजी २५/२६ वर्षकि महिलाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।  

चितवनबाट आएको ग १ ख ५५४६ नं को हाएस रोकेको अवस्थामा आफैँ गुड्न गई अनियन्त्रित भएर सडकछेउको पेटीमा ठोक्किएको थियो।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये केही भने सिकिस्त रहेको प्रहरीले जनाएको छ।

हाएसचालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ३० वर्षीय राजेश घले गुरुङलाई सवारीसाधनसहित प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनाका घाइतेहरुमा चितवन कालिका नगरपालिका-७ की ६८ वर्षीया तारादेवी कुमाल‚ चन्द्रागिरि नगरपालिका-१५ कि विन्दु देवकोटा र ३० महिनाका उनका छोरा दिव्यन पोख्रेल‚ भरतपुर महानगरपालिका-६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा‚ भरतपुर महानगरपालिका-४ का ३७ वर्षीय मोहित गुरुङ‚ कालिका नगरपालिका-७ की २५ वर्षीया सीमा कुमाल र उनका ६ वर्षीय छोरा इसान कुमाल‚ सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई घाइते रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.