|

काठमाडौँ : विश्व रनिङको साझा संस्था एसोसिएशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा बस्ने भएको छ।

आगामी जेठ २१ र २२ गते काठमाडौँमा एम्सको बोर्ड बैठक हुने तय भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताए। 

यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भए पनि कुनै पनि विधाको विश्वव्यापी फेडरेशनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवत: यो पहिलो हो।

निरन्तर लबिङपश्चात एम्सको बोर्ड बैठक नेपालमा आयोजना गर्न सम्भव भएको एम्स दूत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए। 

१२० देशमा सञ्जाल रहेको एम्सले संसारभरि वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवर्द्धन गर्छ।  करिब ४५० रोड रेस आयोजक यसका सदस्य छन्। एम्सले नै संसारभरि रोड रेसको मापन र मान्यता दिन्छ। 

एम्सको बोर्ड बैठकको आतिथ्य गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन्। एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्डलगायत विभिन्न राष्ट्रको प्रतिनिधित्व रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.