|

काठमाडौं :  पर्वत र पाँचरथरमा दुई बालिकामाथि बलात्कार भएको छ। 

पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पाँचथर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.