|

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ। 

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले पारित गरेको हो। 

भन्सारसम्बन्धी समस्याहरुलाई समाधान गर्नेगरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए। 

व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो। समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेश गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.