|

काठमाडौं : लजिस्टिक कम्पनी ‘उपाय’ले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल)  वेयरहाउस व्यवसाय विस्तार गर्ने भएको छ।

नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै उपायले आफ्नो पहिलो थ्रीपीएल वेयर हाउस निर्माण गर्न लागेको कम्पनीले जनाएको छ। नयाँ थ्रीपीएल वेयरहाउस काभ्रेको बनेपा नगरपालिका–१३ स्थित करिब १८ रोपनी जग्गामा हुनेछ। यही अप्रिलमा शुरु गरेर २०२६ अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ।

उपायले निर्माण गर्न लागेको यो थ्रीपीएल वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब रुपैयाँ छ। यसका लागि कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको फाइनान्सियल क्लोजर सम्पन्न भएको जनाएको छ।

वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड-२ तथा अन्य लगानीकर्ताले पुँजी लगानी गर्ने जानकारी कार्यक्रममार्फत दिइयो।

कम्पनीका सह-संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले उपायको थ्रीपीएल वेयरहाउसले भण्डारण, मौज्दात व्यवस्थापन, बिलिङ, वितरण र ढुवानी सेवालाई एउटै प्लेटफर्ममा समेटेर व्यवसायलाई ‘स्केलेबल’ समाधान प्रदान गर्ने बताए। 

कार्यक्रममा उपायका सह–संस्थापक तथा निर्देशक  रञ्जीव श्रेष्ठले आवश्यक पूर्वाधार अपर्याप्त तथा उचित व्यवस्थापन कमी भए पनि नेपालमा लजिस्टिको लागत अर्थतन्त्रको करिब २० प्रतिशत रहेको बताए। 

यो वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ कन्जुुमर गुड्स फास्ट मुभिङ कन्ज्युमर ड्युरेबल्स, ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पार्टस् को ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्ने कम्पनीले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.