|
फाइल तस्वीर

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनिको राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको खप्की खानु परिरहेको गुनासो गरेका छन्।

मंगलवार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिए पनि ‘जनताले अहिले नै चौरासी’ गर्न लागिसके भन्दै व्यंग्य गरे। 

उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरु शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए। 

केरुङ नाका नखुल्दासम्म अरनिको राजमार्ग चीन जोड्ने एउटैमात्र माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरे। 

‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट शुरु हुन्छ। मन्त्रीज्युको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर! यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म! अरनिको हाइवे हो‚ २०२६ सालमा बनेको र यो अहिले केरुङपट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटामात्र मार्ग हो‚’ उनले भने, ‘२२ अर्ब राजश्व सरकारले तोकेको छ, तातोपानी भन्सार। केही पनि हिँड्दैन त कहाँबाट आउँछ? उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नशा पनि फुल्यो, अब ०८४/०८४ भनेका छन्। अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो।’

अरनिको राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा किन भएन भन्दै प्रश्न गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.