काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन्।
आफूले यसअघि प्राधिकरणको नेतृत्व सम्हाले पनि पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफूलाई त्यतिखेर नहटाएको भए अहिलेको समस्या नै नआउने तर्क गरे। ‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ तर साढे ३ वर्ष त कामै गर्न पाइनँ। अदालतले पनि समयमै निर्णय गरेन’‚ शाक्यले भने।
शाक्यले सर्वसाधारण उपभोक्तालाई लोडसेडिङ नहुने समेत बताए। उद्योगमा भइरहेको लोडसेडिङको समय पनि घटाउन आफूले प्रयास गर्ने बताए।
‘लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो। कोही भएर हुने र कोही भएर नहुने भन्ने हुँदैन’‚ उनले भने।
शाक्य यसअघि २०७७ साल माघ २७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। पछि २५ साउन २०७८ मा उनलाई हटाएर फेरि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाइएको थियो। आफूले पदबाट हटाएको भन्दै शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।