|

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल सुरुङ युगमा प्रवेश गरेको बताएका छन्। उनले केही समयपछि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने अवस्थामा पुगेको जानकारी दिँदै यस्तो बताएका हुन्। 

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। यसैगरी आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन्।

उनले राष्ट्रिय राजमार्गहरू धेरै बनाउनुपर्ने भए पनि बजेट सिलिङ घट्दा केही असहज हुने बताए। उनले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको बताए। उनले राष्ट्रिय गौरवका आयोजनामा घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले बिपी राजमार्गलाई आगामी वर्षायाममा सञ्चालन हुने गरी कच्ची वा ग्राभेल गर्ने गरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको दाबी गरे।

मन्त्री दाहालले भने, ‘हामीले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने भएको छ। हामीलाई ११ अर्ब सिलिङ घटाइएको छ।’

उनले फास्ट ट्रयाक पनि समयमै सम्पन्न गर्ने काममा अघि बढिरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.