|

काठमाडौँ : संसदीय समितिले सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको छ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको हो। 

बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गबारे प्रत्येक ३/३ महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए। 

उनले बिपी र अरनिको राजमार्गलाई वर्षाअगाडि नै कम्तिमा वर्षामा बन्द नहुने गरी यातायात सञ्चालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिए। 

‘हुलाकी राजमार्गको बारेमा प्रत्येक ३/३ महिनामा प्रगति विवरण सार्वजनिक लेखा समितिमा उपलब्ध गराउनुस्। बिपी र अरनिको राजमार्गलाई वर्षाअगाडि नै कम्तिमा वर्षामा बन्द नहुने र यातायात चल्नेगरी यातायात सुचारु गर्ने व्यवस्था गर्नुस्‚’ उनले भने, ‘यातायात बन्द नहोस्। हुलाकी, बिपी, अरनिको, मध्यपहाडीलगायत राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने। सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिने।’

समितिले हुलाकी, बिपी, अरनिको, मध्यपहाडीलगायत राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.