|

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रूपबाटै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले मंगलवार साँझ कार्यभार सम्हाल्दै आफ्नो अनुभव र दक्षता पुनः देखाउने बताए।

उनले विद्युत्‌को क्षेत्रमा केही ठूला चुनौती रहेको उल्लेख गरे। उनले बाहिर सबै ठिक रहेको देखिए पनि भित्र धेरै समस्या रहेको उनको भनाइ छ। सबै मिलेर सामूहिक रूपमा ती समस्या समाधान गर्ने उनले बताए। व्यक्तिभन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गरे।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई नियुक्त गरेको थियो। उनले मंगलवार साँझ कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.