|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ।

आइतवार उनीहरूलाई म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो। चैत १५ गते तीनकुनेमा आन्दोलनकारीलाई उक्साएर घटना गराएको आरोपमा उनीहरूलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो।

आइतवार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्‍याएको थियो। त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरूको म्याद थपको प्रक्रिया अघि बढाइएको हो। चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेता सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.