|

काठमाडौं : उपत्यकाको वायु प्रदूषण आज शुक्रबार हिजो अस्तिको तुलनामा कम भएको छ। यो हप्ताको मंगलबार, बुधबार र बिहीबार विश्वकै प्रदूषित सहर बनेको काठमाडौं आज भने प्रदूषण केही मात्रामा कमी भएको छ। 

आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ। नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ।

 वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए।

प्रदूषणकै कारण उपत्यका बासीमा आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या समेत देखिएको छ। सरकारले पनि अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध समेत गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.