काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादका लागि बोलाएको हो।
मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गरिरहेको काठमाडौँ केन्द्रित आन्दोलनका सन्दर्भमा साझा धारणा निर्माण गर्न गत चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो तर शिक्षकहरूले अस्वीकार गरे।
‘त्यसका बाबजुद हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि २०८१/१२/२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक (कर्मचारी)को प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन तथा प्रदर्शन गरिरहेका छन्। तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने उनीहरूको माग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।