धनकुटा : कोशी प्रदेशले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरु गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो।
कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए। विदेशी पर्यटकलाई गन्तव्यको थलो बन्ने उनको भनाइ छ। पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पर्यटनको समृद्ध वर्षका लागि कोशी प्रदेश पर्यटन वर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
पर्यटनका नीति, गन्तव्य निर्माणका लागि पर्यटन वर्ष शुरु गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावना पहिचान गर्न पर्यटन वर्ष मनाउन शुरु गरिएको हो। पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ। ‘विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल कोशी प्रदेशमै छन्।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई नाकाहरूमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारीसाधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।