|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएका थिए ।

गत वर्ष १० फागुनमा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका हुन्। उनले प्रधानमन्त्रीको दबाब र हेपाइले आफू राजीनामा दिन बाध्य भएको बताउँदै आएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.