|

काठमाडौं : शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको दस दिन पुगेको छ।

नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक चैत २० गतेदेखि प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले लगातार माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्। 

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर, बानेश्वर, अनामनगर थापाथली, त्रिपुरेश्वर, पुतलीसडकलगायतका क्षेत्रमा दिनभर सवारी साधनको जाम लाग्ने गरेको छ। सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरु शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन्। 

उनीहरुले प्रदर्शनका क्रममा नाचगानसँगै विभिन्न रचनात्मक क्रियाकलाप पनि गरिरहेका छन्। हेरौं केही तस्बिर:

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.