|

काठमाडौं : मधेश प्रिमियर लिग (एमपीएल) मंगलबार शुरु हुँदैछ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नेछन्। उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा ६ समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपीएलका अध्यक्ष सञ्जीनारायण यादवले जानकारी दिए।

मंगलबार एउटा मात्र खेल हुने  भए पनि वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए। वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने छ। लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कुल १८ खेल हुनेछन् । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । 
    
प्रतियोगिताको उपाधि जित्ने टिमलाई नौ लाख एक हजार र उपविजेतालाई चार लाख रुपैयाँसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहनेबताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.