|

काठमाडौं : नेकपा माओवादी केन्द्रले केही समय रोकेको तराई-मधेश जागरण अभियान फेरि शुरु गरेको छ। अभियान अन्तरगत मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। 

नवलपुरको गैडाकोट वडा नम्बर ३, ४ र ८ को संगमस्थल लखन चोकमा नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरी अध्यक्ष प्रचण्डले आजको अभियान शुरु गरेको उनको सचिवालयले जनाएको छ। 

अभियानमा उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापाकोटा, हालै उपाध्यक्षमा मनोनित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत सहभागी छन् । माओवादी अभियान नवलपुर, नवलपरासी, रूपन्देही हुँदै कपिलवस्तुसम्म सञ्चालन हुने जनाइएको छ ।

झापाबाट शुरु गरेको अभियान माओवादीले चितवनमा आएर विश्राम लिएको थियो । केहीअघि बर्दियामा अभियानका लागि पुगेका माओवादी नेताहरू मंगलबार नवलपुर पुगेका हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.