|

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय हेटौडाले कक्षा १२ को परीक्षा केन्द्रहरूका केन्द्राध्यक्षहरूका लागि तोकिएको अभिमुखीकरण गोष्ठी स्थगित गरेको छ।

परीक्षा बोर्ड शाखा कार्यालय हेटौडाले सूचना जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण गोष्ठी स्थगित गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी दिएको हो। 

‘परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर (कक्षा ११ र १२) द्वारा २०८२ वैशाख ११ गतेदेखि २४ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने भएकाले त्यस जिल्लामा निर्धारण गरिएको परीक्षा केन्द्रहरूका केन्द्राध्यक्षहरूको अभिमुखीकरण गोष्ठी २०८२ साल वैशाख ३ गते गर्न तोकिएको हुँदा देशमा हाल शिक्षक महासंघको विरोधका कार्यक्रम चलिरहेकाले विषम परिस्थितिका कारण हाललाई उक्त कार्यक्रम स्थगित गरी दिनुहुन निर्देशानुसार अनुरोध छ’, सूचनामा भनिएको छ। 

चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.