|

संखुवासभा : विश्वको पाँचौँ अग्लो शिखर मकालु हिमालकी कान्छी आरोही सम्मानित भएकी छन्। संखुवासभाको मकालु गाउँपालिका–२ नुर्ब गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पा सम्मानित भएकी हुन्।

आज सदरमुकाम खाँदबारीमा एक कार्यक्रमबीच मकालु–२ नुर्ब गाउँकी २८ वर्षीया लामु शेर्पालाई मकालु गाउँपालिका-२ ले सम्मान गरेको हो। आरोही २८ वर्षीया लामु शेर्पालाई सम्मान गरिएको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताए।

शेर्पाले ८ हजार ४८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते सफल आरोहण गरेकी थिइन्। शेर्पाले मकालु हिमालको बाटो बनाउने क्रममा ९ जनाको टोली सहित सफल आरोहण गरेकी थिइन्।

२०५३ साल माघ १५ गते नुर्ब गाउँमा जन्मिएकी शेर्पाका श्रीमान् र चार दाजुभाइ आरोही हुन्। एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सँगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताइन्। शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.