|

काठमाडौं : स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन्। 

गराति भएको खेलमा डर्टमन्डलाई समग्रमा ५–३ ले हराउँदै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भयो।

पहिलो लेगमा बार्सिलोना ४–० ले विजयी भएको थियो। दोस्रो लेगमा ३–१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा उठाउन सफल भएको हो।

बुरोसिया डर्टमन्डको सिंगल इदुना पार्कमा भने बार्सिलोनाले कमजोर प्रदर्शन गर्यो। खेलभर त्यस्ता अवसर बनाउनै सकेन। ठिक उल्टो, डर्टमन्डले भने खेलमा फर्कन निकै प्रयास गरिरह्यो। यद्यपि, टोली पहिलो लेगकै खराब प्रदर्शनले अन्तिम आठबाट माथि बढ्न सकेन।

दोस्रो लेगमा डर्टमन्डलाई जिताउन सेरहो गुइरासीले ह्याट्रिक गरे। उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका हुन्। डर्टमन्डका रामी बेन्सेबाइनीले आत्माघाति गोल गरेपछि बार्सिलोना अझै भाग्यमानी बनेको हो।

गएराति नै भएको खेलमा एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन (पीएसर्जी लाई हरायो। यद्यपि, समग्रमा ५–४ को जित निकाल्दै पीएसजी नै सेमिफाइनलमा स्थान बनाउन सफल भयो। 

भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो टोलीका लागि पर्याप्त रहेन। भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाए पनि अर्को गोल थप्न नसक्दा बाहिरिनु पर्यो।

पहिलो आधा घण्टामै २ गोलको सामना पछि भिल्लाको आशा लगभग समाप्तजस्तै देखिएको थियो। आच्राफ हाकिमीले गोलकिपर मार्टिनेजको गल्तीको फाइदा उठाउँदै ११ औं मिनेटमा गोल गरेर पिएसजीलाई अग्रता दिलाए। त्यसपछि २७ औं नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए। त्यो गोलपछि गर्दा भिल्लालाई कम्तिमा बराबरी गर्न ४ गोल चाहिएको थियो।

घरेलु मैदान भिल्ला पार्कमा टोलीले पुनरागमनको प्रयास जारी राख्यो। यौरी टिलेमान्सले ३४ औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २–१ अवस्थामा टुंगियो।

त्यसपछि दोस्रो हाफ थप रोमान्चक रह्यो। पिएसजी टोलीलाई दबाबमा राख्दै गोल फर्कायो। भिल्लाले २ मिनेटभित्र २ गोल गर्दै पिएसजीमाथि दबाब बढायो। 

५५ औं मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे।भिल्लाको आत्मविश्वास बढ्दै गयो। तर पिएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले ३ महत्वपूर्ण बचाउ गरे। जसले भिल्लालाई खेलमा बराबरी गर्नबाट रोक्यो।

पिएसजीले अब सेमिफाइनलमा आर्सेनल वा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। आर्सनल पहिलो लेगमा ३–० ले विजयी भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.