दाङ : तुलसीपुर उपमहानगरपालिका-५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन केरा रोपेर विरोध जनाइएको छ।
बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाले विरोध जनाएका हुन्। पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा चक्काजाम गर्नुका साथै सडकमा केराको बोट रोपे।
बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बोट रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए । ‘शुरुमा टेण्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ’ उनले भने ।
सडक नबन्दा आवतजावतमा मात्र नभई व्यवसाय नै धराशायी भएको संघर्ष समितिका सदस्य आकाश भण्डारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।