|

काठमाडौं : सरकारले विभिन्न चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले  बिहीबार सूचना प्रकाशन गरी दुई कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो। 

छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि गोङ्गबु र सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर कालोसूचीमा परेका छन्। बिल्ड ब्रदर्सलाई एक वर्ष र एसएम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

यस्तै सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा पनि कार्यालयको कालोसूचीमा परेको छ। राना फर्निचरलाई एक वर्ष ६ महिना र गौरीगोमालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.