|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन्। 

६ लेनमा विस्तारित ६.८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली ओली  चितवन जान लागेका हुन्। 

ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए। संघीय सरकारको बजेटमा सडक विस्तार गरिएको हो।

सडकको उद्घाटन लगायत चितवन-नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली बिहान ११ बजे चितवन पुग्ने चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष समेत रहेका  ओलीले शुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि भरतपुरको पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजीअ पौडेललको भनाइ छ।

उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल पनि जाने भएकी छन्।  २०७७ माघ २७ गते ओली शिलान्यास गर्न गएको बेला उनले कार्यक्रम बहिष्कार गरेकी थिइन्। दाहाल हराएको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्रममै उनको आलोचना गरेका थिए।  उनै दाहाल उद्घाटन कार्यक्रममा भने सहभागी हुने उनका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए। 

आजै प्रधानमन्त्री ओलीले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि ओली नारायणगढ-बुटवल सडकको निरीक्षणमा जानेछन्। नवलपुरमा एमालेका प्रतिनिधिसँग ओलीले भेटघाट गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.