|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपाल सुपर लिग फुटबल खेलमा धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी फाइनलमा प्रवेश गरेको छ। आज दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई १ का विरुद्ध २ गोल गरी ललितपुर नेपाल सुपर लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो।

ललितपुरका क्रेभेन्स बेलफोर्टले खेलको ५७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि जर्ज कार्कीले गोल गर्दै धनगढीलाई बराबरीमा पुर्‍याएका थिए।

७९औं मिनेटमा पापा इबाउ केबेले गोल गर्दै ललितपुरलाई दोस्रोपटक अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ललितपुर फाइनलमा प्रवेश गर्‍यो।
खेलको १६औँ मिनेटमा मणिकुमार लामाले रातो कार्ड पाएर बाहिरिएसँगै ललितपुर १० खेलाडीमा सीमित भएको थियो ।

ललितपुर सिटी एफसी नेपाल सुपर लिगको साविक विजेता टोली हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.