काठमाडौं : शिक्षक महासंघको नेतृत्वमा सडक आन्दोलनमा उत्रिएका शिक्षकहरुले आजदेखि बिहान ९ बजे नै आन्दोलन शुरु गर्ने भएका छन्। यसअघि दिउँसो १२ देखि ३ बजे सम्म माइतीघर बानेश्वर क्षेत्रमा आन्दोलन गर्दे आएका शिक्षकहरुले आन्दोलनको समय हेरफेर गरेका हुन्।
नेपाल शिक्षक महासंघको आन्दोलन परिचालन समितिको बैठकले आजबाट विहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो। शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्न पुगेका महासंघका शिक्षक नेताहरु सरकारले शिक्षकका माग सम्बोधन गर्ने कुनै छाँट नदेखेपछि हिजो आकस्मिक बैठक बसी आन्दोलनलाई थप सशक्त बनाउने र समय हेरफेर गर्ने निर्णयमा पुगेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
शिक्षकहरुले थालेको सडक आन्दोलन आज १९ औं दिन हो। अब आन्दोलनको निर्णायक घडीमा रहेको भन्दै अध्यक्ष सुवेदीले आन्दोलनमा डटिहरन सबै शिक्षक कर्मचारीलाई अनुरोध गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।