|

काठमाडौं : नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ। 

यी दुई टोलीबीच हुन लागेको एलिमिनेटर खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतिस्पर्धाबाट बाहिरिनेछ। 

दोस्रो क्वालिफायर बुधबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै ललितपुर सिटी एफसी लिगको फाइनलमा प्रवेश गर्दा पराजित धनगढी एफसीले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ। 

साविक विजेता ललितपुर सिटीले साविक उपविजेता धनगढीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। एनएसएलको उपाधि भिडन्त आगामी शनिबार हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.