|

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) २०२५ को एलिमिनेटर खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई ३–० ले हराएको छ। यो जितसँगै पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

पोखराको जितमा विदेशी खेलाडी जो आइडोले दुई गोल गरे भने एक गोल चितवनका डिफेन्डरको आत्मघाती गोलबाट सम्भव भयो। पोखराले यो जितसँगै लिग चरणमा चितवनसँग भोगेको हारको बदला समेत लिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको १३ मिनेटभित्र तीन गोल गर्दै पोखराले चितवनलाई स्तब्ध बनायो। पहिलोपटक प्लेअफमा पुगेको चितवनको यात्रा भने एलिमिनेटरमै टुङ्गिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.