|

काठमाडौं : रूपन्देहीको दानव नदीमा हराइरहेका थप दुई बालकको शव फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले १३  वर्षीय उमेश यादव र १२ वर्षीय मन्नु हरिजनलाई मंगलबार बिहान मृत फेला पारेको हो। 

१४ वर्षीय राज यादवको शव सोमबार साँझ फेला परेको थियो । 

लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । 

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरुको खोजीका लागि दीपक कोइरालाको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.