विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल खेल हेर्न कार्लोस केहीबेरअघि नेपाल आइपुगेको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
कार्लोसले भोलि साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एनएसलको दोस्रो क्वालिफायर खेल हेर्नेछन्। दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्दैछ । विश्वको उत्कृष्ट डिफेण्डर परिचय पाएका कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टिममा खेलेका थिए।
कार्लोस यसअघि गत शुक्रबार नै नेपाल आउने भनिएकामा स्वास्थ्य समस्याका कारण आउन सकेका थिएनन् । कार्लोस मंगलबार नै काठमाडौंको चर्चित एलओडी क्लबमा उपस्थित हुने क्लबले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।