|

काठमाडौं :  नेपाली बजारमा सुनको मूल्य झन्डै दुई लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो।

केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ। यसअघि सोमबार सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.