|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उनले यस्तो चुनौती दिएका हुन्। उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए।

उनले केपी ओलीबिनाको एमाले खोजेको र एमालेबिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए। उनले नेकपा एमाले पार्टीका लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए। मिसन ०८४ मा एमालेबिनाको नेपाल हुन्छ कि केबिनाको नेपाल हुन्छ भन्दै चुनौती दिए।

प्रधानमन्त्री ओलीले भने, ‘केपी ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल चाहियो रे उनीहरूलाई। मिसन ०८४ मा हेरौँला। एमालेबिनाको नेपाल हुन्छ कि केबिनाको नेपाल हुन्छ। हामी चुनौतीका साथ भन्छौँ।’

प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्ताराष्ट्रिय नीति आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्नेतिर नभई कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको बताउनु भयो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.