|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ।

महासंघले मंगलवार काठमाडौँमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरीय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो। 

महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरीय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरीय सुशासन आयोग गठनको माग गरेको बताए। 

सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको उनले बताए। 

सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताए। निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताए। 

आयोगले दिएको सुझाव कार्यान्वयनमा सरकारले छिटोछिटो काम गर्नुपर्ने उपाध्यक्ष ढकालले बताए। पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमले निजी क्षेत्रलाई चिन्तामा परेको बताए। 

स्थिर सरकार र सकारात्मक राजनीतिक वातावरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताए। केही दिन यताको सडक आन्दोलनले सुधार हुँदै गएको वातावरण बिग्रनसक्ने बताउँदै वातावरण बिग्रिन नदिन सबैले पहल गर्नुपर्ने बताए। 

नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा २५० भन्दा बढी स्टल रहने र मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बताइएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ। 

वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बङ्गलादेश र थाइल्याण्डका स्टलहरुको सहभागिता रहने आयोजकले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.