|

काठमाडौँ : सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरुको सरुवा गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको हो। जस अनुसार सहसचिव रुद्रबहादुर कार्कीलाई लोक सेवा आयोगमा तथा यज्ञ पूरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा सरुवा गरिएको छ।

यसैगरी रोशन ज्ञवालीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा पठाइएको छ।

मुक्तिराम अर्याललाई लोकसेवा आयोगमा सरुवा गरिएको छ भने सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।

एकदेव अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी र लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णलीमा सरुवा गरिएको छ।

को कहाँ सरुवा भए? 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.