|

काठमाडौं  : संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौंमा छन्। 

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा उनले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

मन्त्री नाह्यानका साथ युएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल बुधबार अपराह्न नै युएई प्रस्थान गर्ने कार्यक्रम छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.