|

काठमाडौं : भारतको जम्मू-काश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। 

विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो। मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन। पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ।

लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ। कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँग मिलनको पक्षमा छन्।

आतंकवादी हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रुर घट्नाको संज्ञा दिदै निन्दा गरेका छन। घट्ना लगत्तै भारतीय गृहमन्त्री अमित शाह कस्मिर पुगेका छन्। 

विपक्षी नेता राहुल गान्धीले यो घट्नालाई हृदयविदारक भन्दै संघीय सरकारले उत्तरदायित्व लिनु पर्ने माग गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पदेखि धेरै देशका राष्ट्रप्रमुखहरूले घटनाको निन्दा गरेका छन्।

गोली लागेका घाइतेहरूको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.