|

 काठमाडौं : महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको जनाएको छ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत छ । पछिल्लो आव सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७‍.६२ प्रतिशत थियो।

कोष लागत प्रतिशत कम हुँदा त्यसको सकारात्मक असर आधारदरमा समेत परेको जनाइएको छ। जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत छ जुन प्रायः बैंकभन्दा कम छ।

बैंकको आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा त्यसको लाभ ऋणीले लिन सक्ने बैंकले जनाएको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष चैत मसान्तसम्म १५.७५ प्रतिशत छ। जुन गत आव चैत मसान्तमा १२.७५ प्रतिशत थियो।

न्यूनतम पूँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पूँजीका हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्नलाई समेत पूँजी अभाव नरहने जनाइएको छ।

हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ भने आगामी दिनमा बैंकले आफ्ना वित्तीय सेवा थप प्रविधिमैत्री बनाउँदै जानेसमेत जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.