टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधवार दिउँसो ६.२ म्याग्निच्युटको भूकम्प जाँदा १५० जना घाइते भएका छन्।
भूकम्पको केन्द्रविन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा मार्मारा समुद्रमा रहेको थियो।
भूकम्पको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भूकम्प जाँदा धेरै मानिस आत्तिँदै सडकमा निस्किएका थिए। कतिपय भवनबाट मानिसहरु आत्तिएर हामफाल्दा घाइते भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इस्तानबुलका मेयरले क्षति धेरै नभए पनि स्थानीयमाझ त्रास फैलिएको बताएका छन्। इस्तानबुलमा १ करोड ६० लाख मानिस बसोबास गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।