सिन्धुपाल्चोक : ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्साभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन्।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्साभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्साभेटर को सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्साभेटर भित्र मृत फेला परेका हुन्।
सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन्। बा २ क ९०५६ नं को एक्साभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।