|

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ।

बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइहरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ।

शिक्षक र निजामती कर्मचारीहरूका माग पूरा गर्न यही अधिवेशनबाट ऐन जारी गर्ने तयारी पनि सरकारको छ।

सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.